कैलालीको धनगढीबाट भन्सार छलीको सामान बरामद

धनगढी,१६ फागुन । कैलालीको धनगढीबाट भन्सार छलीको चिनी, प्याज लगायतका सामान बरामद गरिएको छ । मंगलवार धनगढी उपमहानगरपालिका–२ चौराह र ८ नम्बर वडा बालुवाघाटबाट भन्सार छलीका अन्दाजी ४८ हजार ५४० मुल्य बराबरको चिनी, प्याज, प्लाष्टिक, मिठाई, सरफ लगायतका सामान बरामद गरिएको हो । प्रहरीले कैलालीकै भजनी नगरपालिका–५ जुठाघाटबाट पनि अन्दाजी ३० हजार मुल्य बराबरको सिद्रा माछा बरामद गरेको जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.