बझाङको जयपृथ्वीमा गोरुले लात हान्दा एक महिला घाइते

धनगढी,१५ फागुन । बझाङमा एक महिलालाई गोरुले लात हान्दा घाइते भएकी छन् । घाइते हुनेमा जयपृथ्वी नगरपालिका ७ सुवेडाकी ४० वर्षीया शारदादेवी शार्की रहेकी छन् । उनलाई सोमबार वेलुका ५ बजे आफ्नै घरको गोठमा गोरु बाध्ने क्रममा गोरुले लात हानेर घाइते बनाएको हो। उनको बाँया हात र कम्मरमा चोट लागेको र जिल्ला अस्पताल बझाङमा ल्याएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक ब्यापक चन्द्र शाहले बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.