अछामको ढकारीमा एम्बुलेन्स खरिदका लागि आर्थिक संकलन अभियान

धनगढी,१५ फागुन । अछामको ढकारी गाउँपालिकामा एम्बुलेन्स खरिद गर्नका लागि अभियान चलाईएको छ । ढकारी गाउँपालिका – ६ मा रहेको ढुंगाचाल्ना स्वास्थ्य चौकीका लागि एम्बुलेन्स खरिद गर्न स्थानियहरुले आर्थिक संकलन अभियान सञ्चालन गरेका हुन । स्थानिय दिनेश वि.कको संयोजकत्वमा अभियान सञ्चालन गरिएको छ ।

जसमा देश तथा विदेशबाट सहयोग जुट्ने कार्य भैरहेको बताईएको छ । अभियानलाई समर्थन गर्दै अमेरिकाबाट पनि सहयोग प्राप्त भएको संयोजक दिनेश वि.कले बताए । उनका अनुसार सिन्धुपाल्चोक निबासी तथा हाल रोजगारीको सिलसिलामा अमेरिकामा रहेका शिव सिलवालको पहलमा ६७ हजार ५ सय ४८ रुपैया अभियानका लागि प्राप्त भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.