सुदूरपश्चिममा आज भारी वर्षाको सम्भावना, मोहोना नदिमा पानीको सतह बढ्दै, खतराको संकेत
असाढ २५ धनगढी । शनिबार राती देखि सुरु भएको बर्षाले मोहना नदीमा पानीको सतहले खतराको संकेत देखिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नदीमा पानीको सतह बढिरहेकाले खतराको संकेत देखिएको हो।
महाशाखाका अनुसार सुदूरपश्चिममा आज भारी वर्षाको सम्भावना रहेको छ । तीन मिटर खतराको संकेत रहेको मोहना नदिमा अहिले ६:३० बजे ३ दशमलव ०९ मिटर पानीको सतह पुगेको छ । नदिको तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क रहन मौसम पुर्वनुमान महाशाखाले आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार कैलालीका कान्द्रा , खुटिया र मोहना नदिमा पानीको सतह बढ्दो क्रममा रहेको छ ।