आज देशका चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना

असाढ २५ काठमाण्डाै – शनिबार देशका धेरै स्थानमा  ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईले जानकारी दिइन । उनले कास्की, लमजुङ, पर्वत, गुल्मी, पाल्पा, दाङ, तनहुँ, रुकुमलगायतका ठाउँमा हल्का वर्षा भइरहेको बताएन । मौसमविद भटराइका अनुसार दिउँसो भने यी चार वटा प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।

मनसुन सक्रिय भएको केही दिनपछि ठूलो पानी परेको थियो । अहिले यो क्रम बिस्तारै कम भएको मौसमविद्ले बताए । मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश-१, मधेस र वाग्मतीमा भने आंशिकदेखि सामान्य बद्ली रही सामान्यतया मौसम सफा रहने अनुमान गरेको छ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

सम्बन्धित
Leave A Reply

Your email address will not be published.