अछामकाे चौरपाटीमा  जिप दुर्घटना हुँदा  १५ जना घाईते 

धनगढी ,९ फागुन । अछामकाे चौरपाटी गाउँपालिका वडा नं.५ लुंग्रा स्थित आमरुख नजिक जिप दुर्घटनामा १५ जना घाईते भएका छन् । से १ झ ४२९ नम्वरको जीप आज विहान साढे ८ वजेट जिप दुर्घटुनामा तीन जनाको अवस्था गम्भिर रहेको सिउडी प्रहरी चौकीका असई  पदम खड्काले जानकारी दिएका छन्  । दुर्घट्नामा घाईते  भएका सवैलाई उपचारको लागि वयलपाटा अस्पताल लगिएको उनले बताए । लुग्राबाट साँफे आउने क्रममा जिप दुर्घटना भएको हो । जिपमा  विद्यार्थी र केही सर्वसाधरण रहेको वुझिएको छ । घट्नाको थप विवरण आउने वाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.