मेलकट्टेश्वर मा. बि . को बार्शिकउत्सव सम्पन्न

धनगढी ,६ फागुन । कैलालिको चुरे गाउँपालिका वार्ड न ६, बयला स्थित श्री मेलकट्टेश्वर माध्यमिक बिधालयले आज एक कार्यक्रमका बिच आफ्नो ६३ औं बार्शिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।
बिधालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय प्रकाश बहादुर बम रहनु भएको थियो । त्यसैगरी चुरे गाउँपालिकाका उपाध्यक्ष धना कुमारी थापा विशिष्ट अतिथी रहनु भएको थियो । त्यस्तै वार्ड न ६ का वडा अध्यक्ष प्रेम बहादुर साउद , समाजसेवी हरिशङ्कर नाथ लगायतका ब्यक्तिहरु अतिथिको रुपमा उपस्थित थिए ।

बिधालयका शिक्षक गणेश सिंह ठगुन्नाले सन्चालन गर्नु भएको कार्यक्रममा शिक्षक बिनोद बहादुर सिंहले स्वागत मन्तब्य राख्नुभएको थियो । बिधालयका प्रधानाध्यापक बम बहादुर खत्रीले बिधालयको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुको साथै बिधालका बिबिध पक्षहरु माथी प्रकाश पार्नुभएको थियो ।
बार्शिकोत्सव कार्यक्रममा बिधार्थिहरुले विभिन्न साङ्स्कृतिक प्रस्तुतिहरु गित, नृत्य राखेका थिए ।

बार्शिकोत्सव समारोहमा शैक्षिक बर्स २०७९ मा विभिन्न कक्षामा प्रथम, द्वितीय तथा तृतीय हुने बिद्यार्थीहरुलाइ प्रमुख अतिथी , विशिष्ट अतिथी लगायतका ब्यक्तिहरुले प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिए थिए । साथै बिधालयले सन्चालन गरेका विभिन्न अतिरिक्त क्रियाकलाप र खेलकुदमा उत्कृष्ट स्थान ल्याउन सफल बिद्यार्थीहरुलाइ पनि प्रमाणपत्र र पुरस्कार बितरण गरिएको थियो । कार्यक्रममा अभिभावकहरुको ” धैटो फोड” प्रतियोगिता पनि राखिएको थियो ।

बिद्यालयले आफ्नो ६३ औं बार्शिकोत्सव समारोहको अवसर पारी ” बृहत रक्तदान कार्यक्रम ” पनि आयोजना गरेको थियो । जसमा शिक्षक, बिद्यार्थी र अभिभावक गरि ३० जनाले रक्तदान गरेको बिधालयका शिक्षक सुभाष चन्द्र भण्डारीले जानकारी गराउनु भयो । मेलकट्टेश्वर मा. बि. २०१७ सालमा स्थापित चुरे गाउँपालिकाको पुरानो बिधालय हो । जहाँ पाँच सय जना बिद्यार्थीहरु अध्ध्यनरत छन भने कक्षा १ देखि १२ सम्म पढाइ हुन्छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.