नेपाललाई लाेकतान्त्रिक हिन्दुराष्ट्र बनाएरै छाेड्ने अध्यक्ष थापाको दाबी

असाढ २४ काठमाडौं । राष्ट्रीय प्रजातन्त्र पार्टि नेपालका अध्यक्ष कमल थापाले नेपाल लाेकतान्त्रिक हिन्दुराष्ट्र बन्ने दाबी गरेका छन् । अध्यक्ष थापाले राप्रपा नेपाल निकट पूर्व प्रहरी परिषद्काे केन्द्रीय समिति बैठकलाई सम्बाेधन गर्दै नेपालमा लाेकतान्त्रिक हिन्दुराष्ट्रकाे वकालत गर्ने पार्टी राप्रपा नेपाल मात्रै भएकाे बताएका छन् ।

उनले राप्रपा नेपाल भविष्यमा देशकाे प्रमुख राजनैतिक शक्ति बन्नेमा कुनै दुइमत नभएको बताए । राप्रपा नेपालले नेपाललाई लाेकतान्त्रिक हिन्दुराष्ट्र बनाएरै छाेड्ने अध्यक्ष थापाले दाबी गरे ।

विगतका त्रुटि तथा कमजाेरीबाट पाठ सिक्दै अगाडि बढ्ने क्रममा आगामी दिनमा त्यस्ता गल्ती कमजाेरी नगर्ने बताउँदै उनले आगामी आम निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय मान्यता प्राप्त दल बन्ने बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.