बैतडीमा सार्वजनिक स्थानमा धूम्रपान गरे कारबाही गरिने
धनगढी,२९ माघ । बैतडीमा सार्वजनिक स्थानमा धूम्रपान गरे कारबाही गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा लगायतका सरोकारवाला निकायको उपस्थितिमा बसेको बैठकले जिल्लाका सार्वजनिक स्थानमा धूम्रपान निषेधको निर्णय गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । लागुऔषध विरुद्धको महाअभियान अन्तर्गत कार्यक्रम सञ्चालन गरेर कारबाही गरिने भएको हो ।
सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि २६ गतेबाट फागुन ११ गतेसम्मका लागि प्रचारप्रसार अभियान थालिएको बताइएको छ । कसैले सार्वजनिक स्थानमा धूम्रपान गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने बैतडी प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । लागुऔषध नियन्त्रण तथा रोकथाम जिल्ला सञ्जाल समन्वय समितिको बैठकले लागुऔषध नियन्त्रण तथा रोकथामको निर्णय गरेको हो ।