बझाङको जयपृथ्वी नगरपालिकामा महिलाहरुलाई तीन महिने सिलाइ कटाइ तालिम दिइँदै

 धनगढी ,२६ माघ । बझाङको जयपृथ्वी नगरपालिकामा महिलाहरुलाई तीन महिने सिलाइ कटाइ तालिम दिइँदै छ । पालिकाको महिला विकास समितिको आयोजनामा हिजोबाट तीन महिने सिलाइ कटाइ तालिम दिन सुरु गरिएको हो ।

महिला सशक्तीकरणका साथै महिलालाई व्यवसायसँग जोड्ने उद्देश्यले सीपमूलक तालिम सञ्चालन गरिएको महिला विकास समितिकी अध्यक्ष रमादेवी जोशीले बताइन् । तालिममा नगरपालिकाभित्रका प्रत्येक वडाबाट एक/एक जना गरी ११ जना महिलालाई सहभागी गराइएको छ ।

महिला विकास समिति अध्यक्ष जोशीले समितीले महिलाको हक हितमा काम गर्ने भएकाले यो तालिमले सीप सिकाई महिलालाई सक्षम र आर्थिक रुपमा सबल बनाउने बताइन् । तालिममा प्रशिक्षण सुपरस्टार टेलरका सञ्चालक समुन्द्र दमाइले गरिरहेका छन् ।

 

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.