कैलालीमा १४ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरु

धनगढी,२५ माघ । धनगढीमा १४ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरु भएको छ । कैलाली जिल्ला स्तरिय प्रतियोगिता आजबाट शुरु भएको हो । धनगढी रगंशालामा शुरु भएको रनिङ सिल्ड प्रतियोगिताको प्रदेशका सभामुख भिम बहादुर भण्डारीले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै सभामुख भण्डारीले पछिल्लो समय खेल क्षेत्र निकै जुर्मुराउन खोजिरहेको बताए ।

कैलालीका १३ वटा स्थानिय तहबाट छनौट भएर आएका खेलाडीहरु जिल्ला स्तरिय रनिङ सिल्ड प्रतियोगितामा सहभागी छन् । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष ललित खत्रीका अनुसार अफिसियल सहित एक पालिकाबाट ९० जना खेलाडी जिल्ला स्तरिय रनिङ सिल्ड प्रतियोगितामा सहभागी छन् ।

३ दिनसम्म चल्ने रनिङ सिल्ड प्रतियोगितामा कराँते, उशु, तेक्वान्दो, भलिवल, एथलेटिक्स र कबड्डी खेल हुने खत्रीले बताए । यस प्रतियोगिताबाट प्रदेश स्तरिय रनिङ सिल्ड प्रतियोगिताका लागी खेलाडीहरु छनौट हुने छन् । उद्घाटन सत्रलाई समापन गर्दै जिल्ला खेलकुद बिकास समिति कैलालीका अध्यक्ष ललित खत्रीले राष्ट्रपति रनिङ सिल्ड सिल्डका लागी बजेट अपुग भएको गुनासो गरे । कार्यक्रममा घोडाघोडी नगरपालिकाका मेयर खडक रावत, मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी लगायतको सहभागिता थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.