अटो ठिक ढगंले व्यवस्थनपन भएन सडक दुर्घटनाको जोखिम बढ्यो
दिपक बम, असार २३ धनगढी, । धनगढीमा अटो चालकको लापरबाहीले सडक दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडकमा अव्यबस्थित अटो पार्किङ,बिच सडकमै रोक्ने,बिच बाटै क्रस गर्ने वा मोड्ने कार्य तथा अटो सम्बन्धि पूर्ण ज्ञान नभएकाले सडक दुर्घटनाको जोखिम बढ्दै गएको हो
यसले पैदल यात्री,साईकल तथा अन्य सवारी चालकलाई पनि समस्या भईरहेको मोटरसाईकल चालक आकृति कुस्मी बताउछिन् । उनले भनिन् अटो चालकलाई व्यबस्थाप गरीदिए अन्य चालखलाई पनि सहज हुने थियो ।
कतिपय अटो चालक संग बिल बुक,लाईसेन्स नभएकालाई कार्बाहि गरेको जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रहरी निरिक्षक वकिल सिंहले बताए । सडक ट्राफिक को नियम पनि थाहा नभएका तथा अटो सम्बन्धि पूर्ण ज्ञान नभएकालाई अटोमा सिट क्षमता भन्दा बढी सवार बोक्न नदिने,बिच बाटोमा पार्किङ नगर्न दिने,तथा प्रत्येक चालकलाई चेतना फैलाउने गरी सम्झउने गरेको प्रहरी निरिक्षक वकिल सिंहले बताए ।
उनले अटोमा निर्माण सामग्री सामान बोक्ने,अपाङग भएका ब्याक्तिले चलाउने,तथा अटा सम्बन्धि पूर्ण ज्ञान नहुदा सडक दुर्घटनाको जोखीम बढेकाले यो कार्य बन्द गरेको बताए ।उनले यसलाई न्युनिकरण गर्न जिल्ला ट्राफिकले मात्र नभई अटो व्याबसायी संघ, स्थानिय तहको पनि महत्वपूर्ण भुमिका रहने बताए ।