धनगढीमा भ्यालेन्टाइनडे विशेष प्रेमपत्र प्रतियोगिता २०८०हुने
धनगढी २३,माघ। कैलालीको धनगढीमा प्रेमपत्र प्रतियोगिता हुने भएको छ । सुदूर चौतारीको आयोजनामा प्रणय दिवस तथा भ्यालेन्टाइनडेको अवसर पारी फागुन २ गते खुल्ला प्रेमपत्र प्रतियाेगिताकाे आयोजना गरिएको हो ।
सुदूर चौतारीले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रेम दिवसको नाममा समाजमा हुनेगरेका अचेतलशिल गधिविधी न्युनिकरया गर्न तथा प्रेम दिवसलाई सामाजिक मौलिक पर्व जस्तै सकारात्मक रुपले अाफ्नत प्रतिको माया, सद्भाव दर्शाउन प्रतियोगिता गर्नलागेको जनाएको छ ।
सो प्रतियोगितामा सहभागी हुने पात्रले माघ २९ गते भित्र आयाेजक समितीलाई प्रेमपत्र पठाइसक्नुपर्ने छ । आयोजक समितीका अनुसार टाचइपिङ्ग वा हस्तलिखित प्रेम पत्र कम्तिमा एक हजार शब्दको हुनुपर्ने जनाएको छ ।
पत्र ईमेलमा [email protected],वाट्एप नम्बर 9848 983880 मार्फत पठाउन सकिने र RIFT Fashion Design धनगढी २एसपिए रोड नजिकै अफिसमा सहभागी भएर बुझाउन सकिने ससुदूर चौतारीका व्यवस्थापक प्रेम विवश चन्दले बताए । उनका अनुसार २९ गते भित्र प्राप्त भएका प्रेम पत्रलाई निर्णायक मण्डलको मुल्याङ्कलका आधारमा उत्कृष्ट १० जनालाई कार्यक्रममा सहभागी गराईने छ । प्रत्राचार गरेकाे मिती भन्दा ढिलाे प्रााप्त भएका प्रेेमपत्र मान्य नहुने बताईएकाे छ ।
सहभागी उत्कृष्ट १० जनाले आफ्नै स्वरमा पत्र वाचन गर्नुपर्ने उनले बताए । त्यसबाट प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश नगद रु ५ हजार एक सय , ४ हजार एक सय र ३ हजार एक सय र उपहारसहित सम्मान गरिने छ ।
लेखकले प्रेम पत्रमा प्रेमपात्रका रुपमा प्रेम-प्रेमिकाका साथै अामा बुवा,आफन्त,नजिकका साथि, देश, प्रकृति (खाेलानाला, चराचुरुङ्गी ,बाेटबिरुवा, डाडाकाडा,अाफ्नाे गाउँ ठाउँ) मौलिक संस्कृति तथा परम्परा लागाएतका शिर्षकमा लेख्न सकिने बताएको छ ।