कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा ३ महिने शिशुको मृत्यु

कञ्चनपुर:कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा ३ महिने शिशुको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीको ३ दिने शिशुको मृत्यु भएको हो।

दुर्घटनामा परी अनिता, २० वर्षीया लक्ष्मी खत्री र ४५ वर्षीय माघी खत्री घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायब निरीक्षक रमेशसिंह बुढाथोकीले बताए।

अनिताले ३ दिनअघि धनगढीको सेती प्रादेशिक अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्। उनी कुरुवासँगै घर फर्कदै गरेको प्रहरीले जनाएको छ। घाइतेहरुको बेलौरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.