बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदानमा फेरि विवाद:प्रहरीद्वारा हवाई फायर

बाजुरा: बाजुराको बुढीगंगा नगरपालिकामा आज जारी मतदानमा फेरि विवाद उत्पन्न भएको छ। विवाद उत्पन्न भएपछि प्रहरीले हवाई फायर समेत गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीगंगा नगरपालिका वडानम्बर ९ अन्तरगत त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षका एजेन्टबीच झगडा भएपछि विवाद उत्पन्न भएको थियो। विवाद बढेपछि प्रहरीले हवाई फायर गरेको हो। अहिले स्थिति नियन्त्रणमा आइसकेको प्रहरीले बताएको छ।

फर्जी मत खसाएको विषयमा विवाद भएपछि दलका कार्यकर्ताहरुबीच झडप भएको प्रहरीले जानकारी दिएको छ।

झडप एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र मतदाता सीता थापाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.