बुढीगंगा नगरपालिकामा मतदान सुरू

बाजुरा :बाजुराको बूढीगंगा नगरपालिकामा मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन्।

निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए। १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली खटाइएको उनले बताए। शान्तिपूर्ण वातावरणमा चुनाव भइरहेको बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.