बैतडीमा हावाहुरीका कारण मकैबालीमा क्षति: किसान चिन्तित 

धनगढी: बैतडीमा हावाहुरीका कारण मकैबालीमा क्षति पुगेको छ। बुधबार राति आएको हावाहुरी तथा वर्षाका कारण मकैबालमा क्षति पुगेको हो।

लगातारको बर्षा र हावाहुरीले बैतडीका विभिन्न स्थानमा मकैबाली क्षति पुर्याएको छ । घोगा लाग्ने बेलामा मकैबालीमा क्षति पुगेको किसानहरुले बताएका छन् । सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा बर्षा र हावाहुरीले मकैबाली क्षति पुर्याएको स्थानीय कलावती भट्टले बताईन् ।

बर्षा र हावाहुरीले मकै भाँचिएपछि भोकमरी हुने भन्दै किसानहरु चिन्तित बनेका छन् ।

जिल्लाको मुख्य खाद्यबालीको रुपमा रहेको मकैमा क्षति पुगेपछि मकैको उत्पादन घट्ने अनुमान गरिएको छ ।

हावाहुरीले मकै सखाप पारिदिएपछि अब कसरी गुजारा टार्ने भन्ने चिन्ताले सताएको उनले बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.