पुुस्तकको अभाब भईरहेको भन्दै:जनक शिक्षा सामग्रीको क्षेत्रिय कार्यालय घेराउ
दिपक बम, असार २२ धनगढी: धनगढीमा जनक शिक्षा सामग्रीको क्षेत्रिय कार्यालय घेराउ गरिएको छ । सुदूरपश्चिममा पुुस्तकको अभाब भईरहेको बेला कालो बजारी भएको भन्दै पुस्तक व्यापारीहरुले कार्यालय घेरेका हुन् । उनिहरुले कैलाली र कञ्चनपूरमा मुल्य भन्दा बढि रकममा बिक्रि भईरहेको बताए ।
व्यापारी भुपेन्द्र अधिकारीले कञ्चनपूरमा पुस्तकको कालो बजारी भएको बताए । ४० हजार पुस्तकको माग गर्दा दुई तिन हजार मात्रै आउले गरेको छ । कक्षा ८ को अंग्रेजी र नेपाली पुस्तक बजार मा गएको छैनन् ।
तर कञ्चनपुरमा कता कता बाट फुटकर मुल्यमा बिक्रि भईरहेको छ । सुदुरपश्चिममा ९० प्रतिशत पुस्तक पुर्ति भईसकेको जनक शिक्षा सामग्री सुदुरपश्चिम प्रदेशको क्षेत्रिय कार्यालय प्रमुख धुर्व पन्तले बताए ।
उनका अनुसार कक्षा ४, ७, ९, का सबै पुस्तक आई सकेको,कक्षा ६ र ८ को मात्रै बाकि रहेको बताए । उनले भने हामीले पुस्तक पुर्ति गर्न सकिरहेका छैनौं । कालो बजारीको हामिलाई थाहा छैन । तर कता कता कुरा सुनिन्छ । कञ्चनपुरको चौलानी पुस्तक पसलले ९० रुपैया पर्ने पस्तक १२० मा बेचेको भन्ने कुरा आधिकारिक हामिलाई थाहा छैन ।
आज व्यापारीहरुले अंग्रेजी किताब कम आएको थियो माग अनुसार दिन सकेनौं अलि अलि बाडेर लग्नु भन्दा मानेनन्। हंगामा गर्दै सबै ब्यापारी जम्मा भएर कार्यालय घेराउ गरे प्रमुखले भने । कार्यालको अनुमान अनुसार सुदूरपश्चिममा बिस लाख पुस्तक आइसकेका छन्,भने करीब दुई लाख पुस्तक आउन बाकी रहेको छ । अबको एक साता भित्रै सबै पुस्तक आई सक्ने बताईएको छ ।