अछामको पञ्चदेवल विनायकी पक्राउ परेकी मेयर चलाउनेसहित ३ जनामाथि मुद्दा नचल्ने

अछाम: अछामको पञ्चदेवल विनायक–४ का विनोद शाही मुत्यु प्रकरणमा पक्राउ परेकी मेयर अम्बिका चलाउनेसहित ३ जनामाथि मुद्दा नचल्ने भएको छ।

प्रहरीले मेयर चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको भन्दै अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

प्रहरीले बुझाएको प्रतिवेदनमा घटना भएको समयमा मेयर चलाउने धनगढी, नेत्रबहादुर शाही काठमाडौं र रामबहादुर शाही मंगलसेनमा भएको उल्लेख छ। र, उनीहरु घटनामा संलग्न भएको कुनै प्रमाण नपाएको प्रतिवेदन पाएपछि सरकारी कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको छ।

सरकारी वकिल कौशल ढुंगानाका अनुसार तीनै जनाविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा ३१ अनुसार प्रमाण पुगेको छैन।

उक्त घटनापछि अहिले अछामको सदरमुकाम मंगलसेनमा शाहीलाई न्यायको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.