आर्थिक वर्षको मसान्त लागेको बेला धनगढी उपमहानरपालिकामा कर्मचारी नहुदा सेवाग्राही मारमा
असार २१ धनगढी,। अहिले सबै कार्यालयमा आर्थिक वर्ष २०७८/७९ को मसान्त लागेको छ । बिल भौचर भुक्तानी र योजना फच्र्यौट गर्न सरकारी कर्मचारी लगाएतका आर्थिक क्षेत्रका व्यक्ती व्यबस्त हुन्छन् यस्तो व्यस्त समयमा भने सेवाग्राहीहरु हैरानी भएका छन् ।
अहिले सबै क्षेत्रमा आर्थिक बर्षको काम सम्पन्न गर्न सबै सरकारी कार्यालयमा कर्मचारीहरुलाई पानि खाने फुर्संद समेत हुदैन । तर, धनगढी उपमहानरपालिकाका कर्मचारी भने कार्यालयमा नभेटिएर सेवाग्राहीहरु हैरानी खेप्नु परेको छ सर्बोदय माध्यामिक विद्यालयका व्यबस्थापन समितिका अध्यक्ष जगदिस चौधरी भने । उनले सर्बोदय माध्यामिक विद्यालयको पाँच लाख रुपया निकाशा गर्न तिन दिन गईसदा पनि कार्यलइमा कर्मचारी नभेतीएको बताए ।अहिले सरकारी योजना तथा सरकारी काम गरेका संघसंस्था र व्यबसायीक फर्महरुलाई बिलभौचर फच्र्यौट गर्न हतार हतारमा हुन्छन् । धनगढी उपमहानरपालिकाका कर्मचारी नहुदा सेवाग्राहि भने कतै रकम निकाशा हुनबाट बञ्चित हुन्छकि भन्ने पिरमा छन् ।
धनगढी उपमहानरपालिकाको कार्यलयमा कर्मचारीहरु नभेटिदा हैरानी भएको बिषयमा एक्टिभ एफएमको टिम पुग्दा सबै कार्यकक्ष खालीनै देखिएका थिए । कुनै जिम्मेबार कर्मचारीहरु नभेटिदा प्रतिकृया समेत लिनपाईएन । धनगढी उपमहानरपालिकाका सुचना अधिकारी सुरेन्द्र कार्कीको मोवाईल स्वीच अफ रहेको छ ।
हाम्रो धनगढी हामी आफै बनाउछौ भन्दै वाही वाही कमाएका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल पनि नागरिकका सम्पर्कमा आउदैनन् । गुनासोका बारेमा समाचार तयार पार्दा कार्यलयमा भेटिएनन् उनको मोवाईलमा १० पटक सम्पर्क गर्दा सम्म पनि फोन उठेन ।
२०७८/७९ को आर्थिक बर्ष सकिनै लाग्दा सबै योजना सम्पन्न गरी भुक्तानी लिईसक्नुपर्ने हुन्छ । तर धनगढी उपमहानगर पालिकामा कर्मचारी कार्यालयमा नहुदा सेवा ग्राही मारमा परेको छन ।