सुन तोलामा १०० रुपैंयाले वृद्घि, चादि तोलामा ५ रुपयाले बढ्यो

असार २१ काठमाडौँ, । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार तोला ९७ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा १०० रुपैंयाले बढेर प्रतितोला ९७ हजार ६०० रुपैंयामा कारोबार भईरहेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैंयामा कारोबार भइरहेकोे छ । त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैंयाले बढेको छ । मंगलबार प्रतितोला १ हजार २०० रुपैंयामा कारोबार भएको थियो ,। आज तोलामा ५ रुपैंया बढेर प्रतितोला १ हजार २०५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.