कैलालीको एउटा निर्माण कम्पनी कालोसुचीमा
धनगढी,१५ माघ । कैलालीको एउटा निर्माण कम्पनी कालोसुचीमा परेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका – ८ मा रहेको एमएस बेहडाबाबा निर्माण सेवा कालोसुचिमा परेको हो । कैलालीको सहित देशका २२ वटा निर्माण कम्पनिलाई सरकारले कालो सुचिमा राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन राम्रो नभएको भन्दै २२ निर्माण व्यवसायीहरुलाई कालोसूचीमा राखेको थियो । निर्माण व्यवसायीहरु ३ देखि १ वर्ष अवधिका लागि कालोसूचीमा परेका छन् । कालोसूचीमा परेकाहरु कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।