विद्यालयमा भौतिक संरचना थप्दै कञ्चनपुरको कृष्णपुर नगरपालिका

धनगढी,१५ माघ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षालाई जोड दिनुका साथै भौतिक संरचना पनि थप्दै गैरहेको छ।  भौतिक संरचनाको अभावले पठनपाठनमा समस्या देखिएका नगरका चार विद्यालयमा पछिल्लो डेढ वर्ष यता ३र३ कोठे पक्की भवन निर्माण भएका हुन ।

आइतबार वडा नम्बर ९ पिपरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा ३ कोठे पक्की भवनको नगरप्रमुख हेमराज ओझाले शिलान्यास गरेका छन । सरस्वती आधारभूत विद्यालयमा भवन अभावले पठनपाठनमा कठिनाइ हुन थालेपछि बिल्ड अन नेपाल, कृष्णपुर नगरपालिका र सरस्वती आधारभुत विद्यालयको त्रीपक्षिय संयुक्त साझेदारीमा भवन निर्माण हुन लागेको नगरप्रमुख हेमराज ओझाले बताए ।

नगरप्रमुख ओझाले यसैवर्ष वडा नम्बर ७ मा रहेको कञ्चन मावि शान्तिपुरमा पनि तीन कोठे पक्की भवन निर्माण हुने बताएका छन । नगरप्रमुख ओझाले भने आफू निर्वाचित भएपछि नगरका सबै विद्यालयको स्थलगत अनुगमन गर्दा धेरै विद्यालयमा भवन अभावले पठनपाठनमा समस्या देखियो त्यसपछि आफूले बिल्ड अन नेपालको टिमसँग समन्वय गरेरे नगरपालिकाले पनि केहि रकम छुट्याएर संयुक्त साझेदारीमा विद्यालय भवन भवन निर्माण गरेका हौं ।

अघिल्लो आर्थिक वर्षमा वडा नम्बर १ कुमगडामा रहेको सिद्धेश्वरी आधारभूत विद्यालय, वडा नम्बर २ वाणीमा रहेको सिद्धनाथ बालज्योति आधारभूत विद्यालय, वडा नम्बर ५ मा रहेको सयपत्री आधारभूत विद्यालय र वडा नम्बर ८ मा रहेको नवज्योती आधारभूत विद्यालयमा ३÷३ कोठे पक्की भवन बनेका हुन । ती विद्यालयमा भवन सँगै २र२ कोठे पक्की शौचालय पनि निर्माण भएका छन ।

अहिलेलाई केहि विद्यालयमा मात्रै पक्की भवन निर्माण भएपनि आवश्यकताका आधारमा नगरका अरु विद्यालयमा पनि भौतिक संरचना थप्ने योजना रहेको नगरप्रमुख ओझा बताउँछन ।हाल कृष्णपुरमा १३ माध्यामिक र २० आधारभुत गरी जम्मा ३३ वटा सामुदायिक विद्यालय सञ्चलनमा रहेका छन ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.