कृष्णपुर नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिकको टनेल उपलब्ध

धनगढी,१३ माघ । व्यावसायिक तरकारी खेतीमा संलग्न कृष्णपुर नगरपालिका–६ का एक सय १० किसानलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिकको टनेल उपलब्ध गराइएको छ। तरकारी खेती गर्नमा सघाउ पु¥याउनका लागि वडा कार्यालयले चालु आवको स्वीकृत कार्यक्रमअन्तर्गत रु तीन लाख बजेटमा किसानलाई टनेल उपलब्ध गराएको हो ।

त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने उनले बताए । नगरपालिको वडा नं ६ को सिंहपुर, बालुवाफाँटालगायत तरकारी पकेट क्षेत्रका रुपमा रहेको छ । वडाका अधिकांश किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । जिल्लाको तरकारीको आधा माग वडामा उत्पादन हुने तरकारीले धानिँदै आएको वडाध्यक्ष चौधरीले बताए ।

यसैगरी आजै वडाबाट पाँच सय किसानलाई रु दुई लाख मूल्य बराबरको लौका, करेला, भिन्डी, प्याज, फर्सीलगायतका बेमौसमी तरकारीको बीउ निःशुल्करुपमा उपलब्ध गराइएको छ । वडामा रहेका थारु गाउँका भलमन्साका लागि एकरएक स्टिल दराज वितरण गर्ने कार्य रहेको उल्लेख गर्दै उनले एक दुई दिनभित्रै वितरण गरिने बताए । यस्तै वडाका ४० महिलालाई व्यवसाय उन्मुख गराउनका लागि युनिक नेपालको सहयोगमा सिलाइकटाइ तालिम सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.