कैलालीमा भन्सार छलीका सामान बरामद
धनगढी १३ माघ । कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३५ हजार ६ सय ४० मूल्य बराबरको राजिस्थानी ब्लाउज १ रोल, प्याज, मिठाइ लगायतका सामान बरामद गरिएको हो ।
त्यस्तै, भजनी नगरपालिका–३ बाट अन्दाजी ३३ हजार ४ सय मूल्य बारबरका चिनी, सुर्ती, बिडी, सुर्ती लगायतका सामान बरामद गरिएको छ । उक्त सामानहरु शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।