कैलालीमा भन्सार छलीका सामान बरामद

धनगढी,१२ माघ । कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याइएका अन्दाजी ३० हजार ५ सय १० मूल्य बराबरको सामान बरामद गरिएको हो । चिनी, प्याज, मिठाइ, मैदा, नरिवल, तेल, बिडी लगायतका उक्त मूल्य बराबरका सामान बरामद गरिएको प्रहरीले बताएको छ ।

त्यस्तै, जोशीपुर गाउँपालिका–३ मनिकापुरबाट पनि अन्दाजी १८ हजार ५ सय मूल्य बारबरका चिनी, बिडी लगायतका सामान बरामद गरिएको प्रहरीले बताएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.