राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट तिन उम्मेदवार विजयी

धनगढी,११ माघ । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन् । महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन् । अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए । उनले ४ हजार ४१९ मत पाए । त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए ।

उनले ४ हजार ३४७ मत पाए । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा एक जनाको निधन भएपछि अहिले ५२ जना छन् । उनीहरु सबैले मतदान गरेका थिए । स्थानीय तहका १७६ जनप्रतिनिधि मध्ये एक जनाको निधन भएको थियो। १७५ जना मध्ये धनगढीमा मेयर गोपाल हमाल र भजनीकी उपमेयर राजु तिरुवाले मतदान गरेनन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.