कञ्चनपुरबाट लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

धनगढी,१० माघ । कञ्चनपुरबाट लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालत कञ्चनपुरबाट ५ महिना कैद र ५ हजार जरिवाना तोकिएका बेदकोट नगरपालिका – ७ सुडाका मदन देव भट्ट पक्राउ परेका हुन ।

उनलाई जिल्ला अदालत कञ्चनपुरले २०७८ चैत्र ९ गते सजाय तोकेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको जनाएको छ । उनलाई अदालतमा पेश गरेर सजाय भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.