भारतीय राजदूतावास द्धारा न्वादेउ स्वास्थ्य चौकीलाइ एम्बुलेन्स प्रदान
बैतडी- भारत सरकारले बैतडीको न्वादेउ स्वास्थ्य चौकीलाइ एम्बुलेन्स प्रदान गरेको छ। नेपालमा रहेको भारतीय राजदूतावासले आइतबार जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ३ स्थित आधारभूत स्वास्थ्य चौकी न्वादेउलाइ एम्बुलेन्स प्रदान गरेको स्वास्थ्यचौकीका अहेब रोहित कुमार धानुकले जानकारी दिए ।
वडा अध्यक्ष खगेन्द्र बोहरा र आफुले आइतबार एम्बुलेन्स बुझेका उनले बताए । स्वास्थ्य चौकीलाइ एम्बुलेन्स प्राप्त भए संगै अब बिरामीलाइ अस्पताल सम्म लैजान सहज हुने भएको छ ।
नगरपालिका एम्बुलेन्स विहिन रहेकाबेला नेपालमा रहेको भारतीय राजदूतावासबाट एम्बुलेन्स उपलब्ध भएकाले अब सहज हुने वडा नं ३ का अध्यक्ष खगेन्द्र बहादुर बोहराको भनाइ छ । पुर्चौडी नगरपालिकाको एम्बुलेन्स दुर्घटनामा परेर बिग्रिएको भएपनि हालसम्म बनेको छैन् ।
एम्बूलेन्सको लागी सामाजसेवी नेपाल सरकारका रिटाएर्ड एस.एस.पी जनक बोहराको भूमिका रहेको जनाईएको छ ।