अछाममा शाहीको मुत्यु प्रकरणमा न्यायको माग गर्दै भएको प्रदर्शनमा, १२ प्रहरी र प्रदर्शनकारी घाइते

असार २० धनगढी,। अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको मुत्यु प्रकरणमा न्यायको माग गर्दै भएको प्रदर्शनका कारण सदरमुकाम तनावग्रस्त बनेको छ । सोमबार शाहीको न्यायको लागि आफन्त तथा स्थानीयहरु सदरमुकाम मंगलसेन पुगेका थिए ।

उनीहरुले शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै उक्त कार्यालय र जिल्ला अदालत अछाममा ढुंगामुढा प्रहार गरेका थिए । त्यसक्रममा ढुंगामुढाको प्रहारबाट १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । उक्त प्रर्दशनमा दुई प्रहरी निरीक्षक, महिला प्रहरी,अन्य प्रहरी गरी १२ जना प्रहरीलाई गम्भीर चोट लागेको जिल्ल प्रहरी कार्यलय अछामले बताएको छ । यस्तै प्रर्दशनकारीहरू पनि घाइते भएको जनाईएकोे छ । विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्याससमेत प्रहार गरेको बताएको छ । अहिले उक्त प्रर्दशन नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। विनोद शाही गत वैशाख १७ गते बेपत्ता भएका २० गते मृत अवस्थामा भेटिएका थिए ।

उनको हत्या गरिएको भन्दै मृतकका परिवारले पञ्चदेवलकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो । मेयर अम्बिका चलाउनेसहित ७ जना घटनामा संलग रहेको आरोपमा पक्राउ परेका छन् । किटानी जाहेरी दर्ता भएकामध्ये अझै ६ जना अझै फरार रहेको प्रहरीले बताएको छ । उक्त मुद्दामा प्रहरीले मेयर चलाउनेसहित सात जनालाई अदालतबाट २ दिनको म्याद थप गरी हिरासतमा राखेको छ। बाँकीको पनि खोजी कार्य जारी रहेको बताइएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.