अत्तरिया उद्योग वाणिज्य संघमा अत्तरियाका व्यवसायीद्वारा तालाबन्दी
धनगढी,९ माघ । कैलालीको अत्तरिया उद्योग वाणिज्य संघमा अत्तरियाका व्यवसायीले तालाबन्दी गरेका छन् । मंगलबार अत्तरियाका व्यवसायीले उद्योग वाणिज्य संघमा ताला लगाएका हुन् । अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवको नक्कली ठेली प्रकरणमा छानबिनको माग गर्दै व्यवसायीले ताला लगाएका हुन् । यही माघ ७ गतेसम्म सञ्चालित महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए ।