बाजुराको बुढीगंगा नगरपालिकाको एक वडा कार्यालयमा तालाबन्दी

धनगढी,९ माघ । बाजुराको बुढीगंगा नगरपालिकाको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ । नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको हो । लामो समयदेखि वडा सचिव, पंजिकाधिकारी र प्राविधिक नहुँदा नागरिकलाई समस्या भएको भन्दै नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्र र एकीकृत समाजबादी गरी चार राजनितिक दलले तालाबन्दी गरेका हुन् । उनीहरुले सार्वजनिक सूचना टाँस गर्दै वडा सचिव र प्राविधिकको व्यवस्था नभएसम्म तालाबन्दी नखोलिने जनाएका छन् ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.