कैलालीको एक वनमा पासोमा परी पाटे बाघ मृत फेला
कैलाली, ७ माघ । कैलाली जिल्लाको जानकी गाउँपालिका वडा ९ मा रहेको अमरावती सामुदायिक बन उपभोक्त समुहमा पासोमा परेर पाटे बाघको मृत्यु भएको छ । अमरावती सामुदायिक उपभोक्ता समुहको वनभित्र बाघ पासोमा मृत फेला परेको हो ।स्थानीयका अनुसार शिकारीले थापेको पासोमा परेर मृत्यु भएको अवस्थामा बाघ फेला परेको छ ।
सव डिभिजन वन कार्यलय लम्की फरेस्टेर राम बहादुर रावलले बयस्क पोथी पाटे बाघ सिकारी हरुले राखेको पासोमा परे मृत्यु भएको बताए । बन कार्यलय अहिले घटनास्थलमा पुगि सकेको र मृत बाघको घट्ना स्थल मुचुल्का बनाइ डिभिजन बन कार्यलय पहलमानपुर ल्याउने तयारी भएको जानकारी दिए । घट्नाको स्थलगत तथा प्राविधिक रुपमा अनुसन्धान गरि पासो कस्ले किन लगाएको हो, भन्ने घटनाको थप अनुसन्धान गरी कानुनी कारबाही वन ऐन २०७६ अनुसार गरिने डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले बताए ।