एमबीबीएस पढ्नका लागि डोटीका एक जना विद्यार्थीलाई आलेको आर्थिक सहयोग

धनगढी,७ माघ । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमबीबीएस ९डाक्टर० पढ्नका लागि डोटीका एक जना विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन्। उनले डोटीको केआइसिंह गाउँपालिका–४ कारीगाउँका १७ वर्षीय शिवि विकलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको केआइसिंह गाउँपालिका–५ का वडाअध्यक्ष दुर्गासिंह रावलले जानकारी दिए।एमबीबीएस पढ्न नाम निकालेका शिविको आर्थिक अवस्था कमजोर रहेको छ। आलेको सहयोगले शिविको पढाइमा सहायता पुग्ने रावलले बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.