बेलौरीका विद्यालयमा थप ३ दिन जाडो विदा

धनगढी,७ माघ । कञ्चनपुरको बेलौरी नगरपालिका अन्तर्गतका विद्यालयमा थप ३ दिन जाडो विदा दिइएको छ । नगरपालिकाको माघ ७ गते बसेको नगर प्रमुख स्तरीय बैठकबाट माघ ८ देखि १० गते सम्म विदा दिने निर्णय गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीद्धारा हस्ताक्षतिर सूचनामा मौसममा सुधार नभइ चिसो बढ्दै गएकाले विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले विदा दिइएको उल्लेख छ । यसअघि नगरपालिकाले माघ ४ र ५ गते विद्यालयहरुमा बिदा दिएको थियो ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.