बाजुराको खप्तड छेडेदहमा पशु स्वास्थ्य शिविर सञ्चालन

धनगढी,७ माघ । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा नम्बर १ को काँडामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुरा र गाउँपालिकाको पुश विकास शाखाको संयुक्त आयोजनामा एक दिने शिविर सञ्चालन गरिएको हो । शिविरमा २ हजार ८ सय बढी पशु चौपायाको उपचार गरिएको छ ।

एक हजार ६ सय ८६ बाख्रा, ४ सय ८३ गाई, २९ कुखुरा, ३ सय ६४ गोरु, २ सय ३६ भैंसी, २ कुकुर र ५ घोडाको उपचार गरिएको बताइएको छ । पशुपालक किसानको व्यवसाय प्रवद्र्धन र विकासमा सहयोग पु¥याउने उद्देश्यले निःशुल्क पशु स्वास्थ्य उपचार शिविर सञ्चालन गरिएको पशु सेवा विज्ञ केन्द्र बाजुराका कार्यालय प्रमुख सिद्धराज जैशीले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.