कैलालीमा दुई लाख बढीका भन्सार छलीका सामान बरामद

 धनगढी,७ माघ । कैलालीमा प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट दुई लाख मूल्य बढीका भन्सार छलीका सामान बरामद गरेको हो । धनगढी उपमहानगरपालिका–२ बालुवाघाटमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २८ हजार ८ सय रुपैयाँ बराबरका कोट, स्विटर, हाईनेक, जर्सी लगायतका सामान बरामद गरिएको छ ।

त्रिनगर ब्यारेल नजिकबाट २० हजार बराबरको चिनी, प्याज, चना, मिठाई, साबुन, झिल्ली, स्याम्पु, खुर्सानी लगायतका सामान र बग्राकटानबाट अन्दाजी २४ हजार बराबरको प्याज, हरियो मटर, चना, मसला लगायतका सामान बरामद गरिएको छ। धनगढी–१० को चकमेलीघाटबाट ३५ हजार बराबरको मोबिल, भाँडा बर्तन, स्विटर, हाईनेक, टाउजर, सुट, बिडी लगायतका सामान र टीकापुर नगरपालिका–९ खक्रौलाबाट अन्दाजी एक लाख १० हजार बराबरको प्याज बरामद गरिएको प्रदेश प्रहरीले बताएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.