सुदूरपश्चिम प्रादेशिक महोत्सवअत्तरियामा बरामद गरिएका टिकट ठेली नक्कली नै भएको दाबी

धनगढी,६ माघ । कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवबाट नियन्त्रणमा लिईएका २८ वटा टिकट ठेलीहरु नक्कली नै भएको दावी गरिएको छ । शनिबार महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गर्दै नियन्त्रणमा लिईएका २८ वटा ठेलीहरु नक्कली भएको दावी गरेको हो । संघका महासचिव शंकर खड्काले टिकट काउन्टरमा छड्के अनुगमन गर्दा नक्कली टिकट काटेको फेला परेको बताएका छन ।

उनले आफुसहित संघका केही अन्य प्रतिनिधिहरुले उक्त मात्रामा नक्कली टिकट ठेली बरामद गरेको बताए । उनले फरक किसिमको ठेली टिकट विक्रेताले फेला पारेर संघका पदाधिकारीलाई जानकारी गराएको भन्ने कुरा झुटो भएको बताए । उनले महोत्सव जारी रहेकै बेला विवाद बढाउँदा महोत्सव बिथोलिने भएकाले धेरै कुरा बाहिर नल्याएको भएपनि यसको अनुसन्धान गरेर दोषी नछोडिने बताए । उनले ठेलीहरु नक्कली भएका धेरै आधारहरु रहेको समेत बताए ।

उनले ठेली बरामद भैसकेपछि आयोजक ले नै टिकट काट्ने काम गरिरहेको बताए । उनले स्ववियुसँग भएको सम्झौता रद्ध गरिएको समेत बताए । टिकट छाप्ने जिम्मेवारी पाएका संस्थाका सदस्य बम बहादुर बोगटीले बरामद गरिएका टिकट ठेलीहरु नक्कली भएका धेरै आधारहरु रहेको बताए । उनले बरामद गरिएका ठेलीहरु पुर्ण रुपमा नक्कली भएको समेत बताए । उनले फेला परेको टिकटमा त्यो कि वर्ड नभएकाले त्यो नक्कली नै भएको प्रमाणित भएको बताए ।

उनले आफुले टिकट छाप्ने जिम्मेवारी पाएको र फरक ठेली भेटिएपछि टिकट छाप्ने छापाखाना सँग पनि कुरा गरेको बताए । छापाखानाले पनि ठेलीमा त्यस्तो किसिमको कुनै फरक नरहेको स्पष्ट पारेको उनको भनाई छ । आठौं संस्करणको महोत्सवमा टिकट काट्ने जिम्मा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) लाई दिइएको थियो ।

तर टिकट स्थलमा नक्कली टिकट ठेली भेटिएपछि शुक्रबार आयोजकले नै टिकट काटेका थिए । विहीबार २८ नक्कली टिकट ठेली नियन्त्रणमा लिदा २ वटा टिकट ठेली काटिएको अवस्थामा भेटिएका थिए । एउटा टिकट ठेलीमा ५० वटा टिकट रहेका छन । टिकट स्थलबाट नक्कली ठेली बरामद गरिदा महोत्सवमा यसअघि पनि नक्कली टिकट ठेली वितरण भएर आर्थिक हिनामिना भएको आशंका गरिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.