धनगढीमा शसस्त्र प्रहरीद्वारा भारतबाट भन्सार छलि ल्याएको लुगा कपडा बरामद

धनगढी:सशस्त्र प्रहरीले धनगढीको बंङ्गरा कटानबाट भारतबाट भन्सार छलि ल्याएको लुगाकपडा सोमबार बरामद गरेको छ ।

धनगढीको सशस्त्र प्रहरी धनगढीको बंङ्गरा कटानबाट सिमा सुरक्षा वलले भन्सार छलि ल्याएको लुगाकपडा बरामद गरेको हो । सशस्त्र प्रहरी नायव निरिक्षक राधेश्याम रानाको गस्ती टोलीको एक लाख १० हजार बराबरको लत्ताकपडा बराम गरेको जनाएको छ ।

सशस्त्र प्रहरीले २६ पिस थान कपडा, ३० पिस धोती, १७ पिस तन्ना, ८ पिस सारी, १५ पिस सेतो धोती, ५४ पिस गम्छा, १० पिस दोपट्टी र एक सय २० केजी पोलिथिन लगाएतका सामाग्री बरामद गरेको सशस्त्र प्रहरी नायव निरिक्षक रानाले जानकारी दिए ।

धनगढीको बंङ्गरा कटानबाट भारतबाट भन्सार छलिको सामाग्री नेपाल ल्याउने जनगुनासो बढेपछि सशस्त्र प्रहरीले गस्तीमा तिब्रता दिएको छ । बरामद गरेको सामग्री सोमबारनै जिल्ला भन्सार कार्यालय कैलाली हस्तान्तरण गरेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.