बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

 धनगढी,६ माघ । बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका– १ भण्डार बस्ने ३० वर्षीया सरिता रोकायाको शुक्रबार भिरबाट लडेर मृत्यु भएको हो। प्रहरीका अनुसार शक्रवार बेलुकातिर घर नजिकै रहेको भिनटा भिरमा घाँस काट्ने क्रममा खसेर उनी गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल, बझाङ पु¥याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, बझाङले जनाएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.