सेक्स गरेर किशोरीहरु ब्राउन शुगर प्रयोग गर्दै
दिपक बम असार १८ धनगढी, । धनगढीमा ब्राउन सुगरका घटना बढ्दै गएका छन् । भारत संगको खुला नाका भएका कारण यसका प्रयोग कर्ता बढ्दै गएका हुन । पछिल्लो समयमा यसका प्रयोग कर्ता बढ्दै गएपछि सामजमा विकृति पनि बढ्दै गएको छ ।
अहिलेका बालबालिका तथा युवा किशोर किशोरीहरु यसको सिकार बन्दै गएको लागुऔषध पुनःस्थापना केन्द्र कैलालिका काउन्सलर समिर मल्लले जानकारी दिए । उनले उक्त संस्थामा बिस वर्ष देखी काम गर्दै आएको बताए । अहिले लागुऔषध पुनःस्थापना केन्द्र कैलालिमा बिस जना उपचारत रहेका छन् ।
पहिला पहिला कैलालिमा लागुऔषध का प्रयोग कर्ताको बिगबिगी थियो । अहिले ब्राउन शुगरका प्रयोग कर्ता को संख्या धेरै बढीरहेको छ,लागुऔषध पुनःस्थापना केन्द्र कैलालीका संयोजक राम बहादुर रजकले भने । किशोरहरु ब्राउन शुगर खानको लागि चोरी डकैती लुटपाट जस्ता काम गर्छन भने किशोरिहरु संग पैसा कम हुने हुदा यौन व्याबसाय गरेर भएपनि ब्राउन शुगर प्रयोग गर्छन “उनले भने ”। यस्ता घटना भेटेका छौ, अहिले धनगढीमा सात आठ कक्षा देखिनै किशोरीहरु ब्राउन शुगर खानको लागि यौन व्याबसायमा लाग्छन,हामिलाई अनुभब छ, संयोजक रजकले भने ।
उनले” यो कार्यले समाजमा एच.आई.भि को संक्रमण बढ्दै गएको बताए । ब्राउन शुगर खाएको तालमा अशुरक्षित यौन सम्बन्ध राख्दा एचआईभि संक्रमण हुन सक्छ । रजकले,ब्राउन शुगर प्रयोगकर्ता प्रहरीले समाते जेल र ओभर डोज भए मृत्यु बाहेक अन्य भविश्य नभएको बताए ।
लागुऔषध पुनःस्थापना केन्द्रका कैलालिका काउन्सलर समिर मल्ले भने ब्राउन शुगरका प्रयोग कर्ता अपराधि होइनन् उनिहरु बिरामी हुन उनिहरुलाई उपचारको आवश्यक पर्छ । यसका प्रयोकर्ता पनि यहि समाजका अंग भएकाले राज्यले उनिहरुको उपचारका लागि पहल चाल्नु पर्ने बताए ।