कैलालीको चुरेमा बाल विवाह बढ्दै, १५ सयको मोबाईलले १६ वर्षमै विवाह

यमुना साउद । धनगढी,१८ पुस । कैलालीको चुरेकी सिता (नाम परिवर्तित)ले १६ वर्षमै विवाह गरिन् । घरमा आमा बुवा लगायत अन्य परिवार सदस्य घर भन्दा बाहिर बस्थे । घरमा छोरी एक्लै भएपछि उनका बुवाले उनलाई सम्पर्क गर्नका लागी मोवाइल किनेर दिए । सुरुमा सबै कुरा राम्र्रै थियो । बुवा आमा सँग कुरा हुँन्थ्यो । बिस्तारै उनको फोनमा कुरा गर्ने लत बस्न थाल्यो । आमा,बुवासँग भने होइन् । मोवाईलको बारेमा त्यति धेरै जानकारी नभएकी सिताले एक दिन मोवाईलमा आफै नम्बर डायल गरिन् ।

जब त्यो फोन उठ्यो केटाको आवाज आयो उनि झस्कीइन् । फोन काटिन् । बिस्तारै त्यहि केटासँग उनको दिनहुँ कुरा हुन थाल्यो । एक वर्षमै बिवाह पनि गरिन् त्यतिवेला सिताको उमेर मात्र १६ वर्षको थियो । भन्छीन् “ सुरुसुरुमा मोवाइलको बारेमा त्यति थाहा थिएन् । एक दिन मोवाइलमा आफै नम्बर हाने, फाने पनि लागिहाल्यो । केटाको रैछ सुरुमा त कुरा गरिन् तर पछि सधै कुरा हुन थाल्यो । त्यसपछि त बिहे नै गरिहाले । ” अहिले उनीसँगैका साथि बिहानै पढ्न विद्यालय जान्छन् तर सिताले भने बिहानै घाँस काट्न जानुपर्छ । जीवनमा पढाइको कति महत्व छ भन्ने कुरा उनी अहिले बुझिरहेकी छन् । ‘म सँगैका साथिहरु बिहानै पढ्न जान्छन् तर मैले बिहान घाँस काटन जानुपर्छ ।

त्योसम्झिदा खेरि यति छिटै किन बिवाह गरे जस्तो लाग्छ । ’ विहे गरेको २ महिनामै उनी गर्भपति भईन् । कलिलै उमेरमै विवाह गरेका कारण उनलाई ८ महिनामै धेरै रक्तस्राव भयो । उच्च रक्तस्रावका कारण उनी अस्पताल भर्ना भईन् । अस्पतालमा डाक्टरले शल्यकिृया गर्नुपर्छ भने,उनी झस्कीइन,डराईन् । शल्यकिृया पछि उनले छोरीलाई जन्म दिईन् ।

सानै उमेरमा विवाह गरेका कारण उनको स्वास्थ्य अवस्था कमजोर भयो । उनी एक महिना सम्म अस्पतालकै बेडमै थला परिन्। छोरीलाई पनि आईसियुमा राख्नु पर्ने अवस्था आयो । १७ वर्षको उमेरमै एक सन्तानकी आमा बनिन्। नागरिकतासमेत छैन। २० वर्ष नपुग्दै विवाह गरेकाले विवाह दर्ता हुने कुरै भएन्।

अहिले उनी आफ्नो भाग्यलाई दोस दिदै भन्छिन् “१५ सयको मोबाईलले पूरै जिवन अन्धाकार भयो ।” अहिले उनी शारीरिक रुपमा स्वस्थ छैन् । उनी भन्छिन “ म सगं पढेका साथिहरु राम्रो कलेज पढ्न् , सबै राम्रो राम्रो काम गरिरहेका छन् , सबै साथिहरु बिहान बिहानै कलेज जान्छन् , आफु भने बिहान बिहान घासँ काट्न् जानु पर्छ ,केही छैन अब छोरीलाई पढाउछु । ” उनलाई अहिले आफ्नो जिन्दगी अन्धकार भएको जस्तो लाग्छ ।

कैलालीको चुरेकी १७ वर्षिय भावनाको कथा व्यथा पनि सिताको भन्दा फरक छैन । उनले पनि १५ वर्षमै विवाह गरिन ।  बिहे पछि कामको वोझ र घरको जिम्मेवारी उनले समहाल्नु पर्यो । जसकारण उनले बिचैमै पढाई छोड्नु पर्यो । अहिले उनका छुट्टै कथा र वेथा छन् । बिबाहको छ महिनामै श्रीमान रोजगारीको शिलशिललामा भारत गए ।

सानै उमेर भएकालेै सबै काम गर्ने गर्न सक्ने उनीमा क्षमता थिएन् । जसकारण उनले घरबाट पटक पटक हिंसा भोग्न थालिन् । ‘बिबाह गरेको छ महिनामै बुढा भारत गैहाल्नुभो । पहिला त सबैले रामै गर्थे पछि पछि सबैले हेला गर्न थाले । काम गर्न सक्दैनस् भनेर गालि गर्थे’ उनले भनिन् । उनी माथि सधै मानसिक रुपमा हिंसां भईरहन्थ्यो ।

जसका बारेमा न त उनी बोल्न नै सक्छिन् न त परिवार छाडन् नै । सिताका आमाबुवाले उनलार्ई नेपाल प्रहरी भएको हेर्न चाहान्थे । तर उनले बिबाह गरेपछि अहिले उनका आमा बुवासंगको सम्बन्ध पनि राम्रो छैन । त्यसैले उनी अहिले सम्म माइति घरमा पनि गएकी छैनन् । भन्छीन ‘आमा बुवाको सपना मलाई प्रहरी बनाउने थियो । ८ कक्षा छोडेर बिहे गरे ।

धेरै रिसाउनु भएको छ । म अहिले सम्म माइत पनि गएको छैन । डर लाग्छ ’ आफुसँगैका साथिहरु पढीरहेको देखेर उनलाई पनि स्कुल जाने रहर लाग्छ । तर घरबाट भने अनुमती छैन । ‘विहे नगरेको भए म पनि पढ्थे , उती बेला यस्तो हुन्छ भन्ने थाहा थिएन् , अब सोचेर के गर्नु ? घरबाट बिहे गरे पछि कस्ले पढ्छ भन्छन उनि भन्छीन् । उनीसंग नागरिकता पनि छैन् । २० वर्ष नपुग्दै विवाह गरेकाले विवाह दर्ता छैन् ।

सिता र भावना एक प्रतिनिधि पात्र मात्रै हुन् । कैलालीमा यस्ता सयौँ महिलाहरू छन् जो सानै उमेरमा बिवाह गरेर आफ्नो जीवनलाई अन्धकार बनाइरहेका छन् । के राम्रो के नराम्रो भन्ने सोच्न समेत नसक्ने उमेर बिवाह गरेर घरेलु हिंसाको सिकार भइरहेका छन् । जुन घटना न त बाहिर नै आउँछन् न त कानुनी प्रक्रियामा नै जान्छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीको पछिल्ला बर्ष २०७९कोे तथ्याङ्क हेर्दा २ ओटा बालबिवाहका घटना दर्ता भएका छन् । कैलाली सुदूरपश्चिमको विकसित जिल्ला भए पनि बाल बिवाह भने यहाँ कम हुन सकेको छैन । यसका स्थानीय सरकार र प्रदेश सरकारले ध्यान दिन जरुरी रहेको छ ।

बालबालिकाको दैनिकी साथीसंगत, आनीबानी, सामाजिक सञ्जालको प्रयोगका कारण समस्याहरू बढ्दै गएका छन् । चुरे गाउँपालिका १ मा साउन देखि पुससम्म १४ बर्ष देखि १९ बर्ष समुहका ३ जना महिला सुत्तकेरी र ४ जना महिला गर्भपति रहेको निगाली स्वास्थ्य चौकीमा कार्यरत अनमी बिमला क्षेत्रीले बताईन् ।

किन हुन्छ बाल विवाह ?
बाल विवाह आफैका सामाजिक अपराध भएको महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था सिबिएन नेपालमा कार्यरत हरिलाल चौधरीले बताए । बालवालिका प्रति आमा वुवाको वास्ता नहुनु, बाल विवाह सम्बन्धी ज्ञान नभएर ,छोरा छोरीलाई कामको सिलसिलामा एक्लै छोड्ने, बालवालिकाको आवश्यकता भन्दा बढी परिपुर्ति गरिदिने,गरिबी, आमा वुवाको द्धन्दको प्रभाव बालवालिका माथि पर्ने गरेका कारण बाल विवाह हुने गरेको उनले बताए ।

राजनितिक कारणले पनि बाल विवाह भएका घटना वडा कार्यलयमा सदर हुने गरेको उनले बताए । बाल विवाह गरेकाहरुलाई पालिका ,वडा कार्यलयबाट पाउने सेवा सुविधाबाट वञ्चित गर्नुपर्ने उनले बताए । कसैको बाल विवाह भएमा बाल हेल्प लाईन १०९८मा नि शुल्क फोन गर्न उनले आग्रह गरेका छन् । बाल विवाह अवस्था भयावह रहेको छ ।

कानुनी तथा सामुदायिक जनचेतनाको अभाव

मुलुकी देवानी संहिता, २०७४ को दफा ७० (१)(छ) मा महिला र पुरुषबीच विवाह हुनपर्ने उमेर २० वर्ष तोकिएको छ । उमेर नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन। यो कानुनअनुसार विवाह नै बदर हुनेदेखि तीन वर्ष कैद र ३० हजार जरिवानासम्मको व्यवस्था विभिन्न दफाहरूमा उल्लेख गरिएको छ ।

समुदाय र विद्यालयस्तरमा कानुनी सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुपर्ने सिबिएन नेपालमा कार्यरत हरिलाल चौधरीले बताए । बालबालिकाको दैनिकी, साथीसंगत, आनीबानी, सामाजिक सञ्जालको प्रयोगका कारण समस्याहरू बढ्दै गएकाले स्थानीय तहले बालविवाह न्यूनीकरणका लागि किशोर–किशोरीकेन्द्रित कार्यक्रम र अभियान सञ्चालन गर्नुपर्ने  उनले बताए ।

आमा र बच्चाकै ज्यान जोखिममा

कम उमेरमा विवाह गर्दा आमा र बच्चाकै ज्यान जोखिममा पर्ने चुरे गाउँपालिका १ मा रहेको निगाली स्वास्थ्य चौकीमा कार्यरत अनमी बिमला क्षेत्रीले बताईन् ।  कम उमेरमा विवाह गरेर गर्भवती हुँदा बच्चा खेर जाने, समय नपुग्दै जन्मिने, पाठेघर खस्ने, आमाको पाठेघरको मुख च्यातिने, बढी रक्तस्राव हुने र बच्चा जन्मिसकेपछि आमामा मानसिक समस्यासँगै आमा र बच्चाको ज्यान जाने जोखिम हुने गरेको छ । शारीरिक समस्यासँगै कम उमेरमा विवाह गर्दा शिक्षा क्षेत्र प्रभावित हुने भएकाले आय–आर्जनमा कमी हुँदा पारिवारिक जीवनसमेत प्रभावित हुने गरेको उनले बताईन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.