पूर्चौडी जाने जीप व्यवसायी मनपरी भाडा असुल्दै :समयमा सडक नबन्दा दुर्घटनाको जोखिम
धनगढी १८ विष्णु भट्ट : बैतडीको पूर्चौडी नगरपालीका का जीप व्यवसायीहरुले मनपरी भाडा असुलेको तथ्य सार्वजनीक भएको छ । ढोल्यामोड देखी हाँट जाने सडकमा जीपमा यात्रा गर्ने यात्रुले मात्रा ८ किलोमीटरको यात्रा गर्दा ५०० देखी ७०० रुपिया तिर्नु परिरहेको बताउछन् पुर्चौडी भटना घर भएका रोशन भट्ट ।
त्यस्तै अर्का यात्रु रमेश बोहाराका अनुसार अत्तरीया देखी ढोल्यामोड सम्मको बसको भाडा ९०० सय भएको तर ढोल्यामोड देखी हाँट जादाँ यती धेरै भाडा कसरी भयो उनले प्रश्न गरे ।
पूर्चौडी नगरपालीकाको यसअघिको सरकार,बजार व्यवस्थापन समिती,पूर्चौडी प्रहरी चौकी र व्यवसायीले जीपको भाडा दर कायम गरेर निर्णयमा हस्ताक्षर गरेको तर व्यवसायिहरुले अटेर गरी मनोमानी भाडा असुलिरहेको पूर्चौडी नगरपालीका की नि-वर्तामान उप मेयर जानकी ऐर बमले बताईन् ।
नगरपालीका,पूर्चौडी प्रहरी चौकी तथा अन्य सरोकारवाला भने मनपरी भाडाको बारेमा चुईक्क समेत बोल्न नसकेको स्थानीयहरुको आरोप छ ।
सडकको अवस्था राम्रो नभएको कारण बढि भाडा असुलिरहेको व्यवसायिहरुको भनाई छ ।
बझाङमा जिल्लामा पनि मनोमानी भाडा लिएको खुलेको छ । बित्थड देखि हिनेगडा सम्मको १० कि. मि. बाटोमा ५०० भन्दा माथि भाडा लिने गरिएको छ ।
यस्तै सडक चौडाको जिम्मेवारी पाएको कैलाश कन्शट्रक्सनले प्रभावकारी काम नगरेको स्थानीयहरुको आरोप छ । कैलाश कन्शट्रक्सनका ठेकेदार दान सिहं रावलले भने बजेट अभावको कारण निर्माणको कार्य सुस्त भएको तर निर्माण अवधि भित्रै सो सडको कालोपत्रे लगाएतको सम्पूर्ण काम सक्ने उनले दावि गरे ।