बझाङमा ट्र्याक्टर दुर्घटना :१ जनाको मृत्यु, ६ घाइते

धनगढी: बझाङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको सुर्मा गाउँपालिका–२ रातोपडमा सडकमा काम गरेर घरतर्फ गइरहेको सु।प।प्र। ०२००१ त १३०८ नम्बरको ट्र्याक्टर बिहीबार राति घट्टेखोलामा दुर्घटना भएको थियो।

दुर्घटनामा २७ वर्षीय नरेश बोहराको मृत्यु भएको प्रहरीले बताएको छ। त्यस्तै, चालक विमल बोहरासहित ६ जना घाइते भएका र उनीहरु जिल्ला अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भइसकेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। ट्र्याक्टरको स्टेरिङले काम नगर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.