भारतले धौलीगङ्गाको बाँध खोल्यो

धनगढी– भारतको तपोवन धार्चुलाको धौलीगङ्गा जलविद्युत् परियोजनाको ड्याम साइटका ढोका खोलेको छ। बुधबार विहान ५ जलविद्युत् परियोजनाको ड्याम साइटका ढोका खोलेको हो।

बुधबार राति ८ बजेसम्म बाँध खुल्ने हुँदा महाकाली नदीमा पानीको सतह बढ्न सक्ने भन्दै आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

बिहान ५ बजेदेखि भारतले सिल्ट फ्लशिङ्ग गर्न भन्दै बाँधका ढोका खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै सतकर्त अप्नाउन आग्रह गरेको हो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.