सुदूरपश्चिम महोत्सवमा मंगलवार गौरी भट्ट र राम चन्द्र काफ्लेको प्रस्तुती

धनगढी ३ पुस/सुदूरपश्चिम महोत्सवमा आज मंगलवार गौरी भट्ट र राम चन्द्र काफ्लेको प्रस्तुती रहने भएको छ । धनगढी उपमहानगरपालीका १ स्थीत पशुपती टोलमा सञ्चालन भैरहेको महोत्सवमा आज कलाकार गौरी भट्ट र राम चन्द्र काफ्लेसंगै स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजक कैलाली उद्योग वाणीज्य संघले जानकारी दिएको छ ।

२२ गते ९शुक्रबार०देखि शुरु भएको महोत्सव पुस ५ गतेसम्म चल्ने छ । यस बर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रर्दशनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आकर्षण रहेका छन् । महोत्सवको टिकट मोवाइल वालेट खल्तीबाट पनि किन्न सकिने आयोजकले जनाएको छ ।

महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक समेत पाइने बताइएको छ । सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ टिकट निर्धारण गरिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.