बुधवार विहान वर्षासहित चट्याङ पर्दा सुदूरपश्चिमका ४ जनाले ज्यान गुमाए

धनगढी,१४; बुधवार विहान वर्षासहित चट्याङ पर्दा सुदूरपश्चिमका ४ जनाले ज्यान गुमाएका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का ४० वर्षीय देवेन्द्र श्रेष्ठको चट्याङ लागेर मृत्यु भएको प्रहरीले बताएको छ। खेतमा काम गरिरहेका उनको बिहान चट्याङ लागेर मृत्यु भएको हो ।

यसैगरी पुनर्वासकै एक महिलाको पनि चट्याङका कारण मुत्यू भएको छ । पुनर्वास नगरपालिका–८ ‘क’ गाउँकी २५ वर्षीया शारदा थापाको मृत्यु भएको प्रहरीले बताएको छ। खेतमा काम गरिरहेकी उनको बिहान चट्याङ लागेर मृत्यु भएको प्रहरी जनकारी लिएको छ ।

त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरीको पनि चट्याङ लागेर मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती रेडियण्ट ग्याँस कम्पनीको जमिनमा रोपाईँ गर्न आएका उनको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यता कैलालीकी एक महिलाको पनि चट्याङ लागेर मृत्यु भएको छ। मंगलबार विहान ८ बजे कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया सुगपंखी देवी चौधरीको ज्यान गएको हो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.