बैतडीको पुर्चौडी नगर सभामा :क,ख सिक्दै उप मेयर धानुक
धनगढी,१४: बैतडीको पुर्चौडी नगरपालीका की उप प्रमुख विवादमा तानिएकी छिन् । निती तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले स्पस्ट उच्चारण गर्न नसकेको भन्दै सामाजिक सजांल फेसबुकमा चर्को आलोचना भै रहेको छ ।
पुर्चौडी नगरपालीका वडा नम्बर ४ का शैलेस धानुकले फेसबुकमा लेखेका छन्‘हाम्रो पुर्चौडिमा मेयर ज्यु र प्रशासकिय अधिकृत ज्युले टाउको कोट्याउने बाहेक के गर्न सक्छ्न र यस्तो अबस्थामा,कक्षा २ मा छदा सरले यसरी नै उठाएर पाठ पढ्न लगाउनु हुन्थ्यो‘ ।
यस्तै अर्का फेसबुक प्रयोग कर्ता हर्क बहादुर बोहरा लेख्छन्’ यो भनेको हुने लक्षण हो,हुने चाहिँ हुने लक्षण हो,तर बिकास हुने हो कि बिनास हुने लक्षण हो त्यो चाहिँ भनी हाल्नु पर्ने छैन‘। यसै गरी सामाजिक सजांलमा उनको चर्को आलोचना भएको छ, पढौ केही फेसबुक स्टाटस:
उनले कसरी शब्द उच्चारण गरेकी थिईन सुनौ उप प्रमुख मिना धानुकको अडियो :
पुर्चौडी नगरपालीका नगर सभाको ११ अधिवेसनमा बोल्दै नगर उप प्रमुख मिना धानुकले स्पस्ट सगं बोल्न पनि नसकेको अडियोमा प्रस्ट सुन्न सकिन्छ । नगरपालीकाको उप मेयर जस्तो गरिमामय पदमा निर्वाचित व्यक्तिको बोली नै २/३ कक्षामा पढ्ने विध्यार्थीको जस्तो नहुनुले उनको कार्य क्षमतामा प्रश्न उठेको जनाईएको छ ।