धनगढीमा भायानेटले ल्यायो ईन्टरनेटमा नयाँ सस्तो अफर

धनगढी, १७ मंसिर/धनगढीमा भायानेटले आफ्नो ग्राहकहरुको लागि नयाँ अफर ल्याएको छ । धनगढीमा भायानेटले ईन्टरनेट बजारमा राम्रो हिस्सा कब्जा जमाएको छ । पछिल्लो समयमा ईन्टरनेट प्रयोगकार्ताका माझ लोकपृय रहेको छ । अन्य ईन्टरनेट सेवा प्रदायक कम्पनिहरुको प्रतिस्प्रधा भैरहेका बेला भायानेटले बिभिन्न अफरहरु ल्याउने गरेको भायानेट धनगढीका शाखा प्रमुख दिनेश बोहरा जानकारी दिएका छन् ।

नेपालमै पहिलोपटक फाइबर नेटको सुरुवात गर्ने भायानेट कम्युनिकेसन लिमिटेडबाट सबैभन्दा गुणस्तरीय र सस्तो इन्टरनेट तथा आइपि टेलिभिजन अफर मंसिर २२ को लागि अग्रिम बुकिङ खुलेको धनगढीका शाखा प्रमुख बोहाराले जानकारी दिए । बिभिन्न समयमा फरक फरक अफरहरु ल्याउँदै आएको भायानेटले यो पटक सस्तो दरमा ईन्टरनेट सेवा दिने भन्दै सस्तो र सुलभ दरमा २ दिने ईन्टरनेट सेवा ल्याएको बताएको छ ।

आगामि मंसिर २१ र २२ गतेका दिन vianet communication टिम धनगढीले दैनिक रु १६.४३ मा unlimited इन्टरनेट सेवा दिने बताएको छ । भायानेट धनगढीका शाखा प्रमुख बोहराका अनुसार यो अफर २ दिनसम्म चल्नेछ । र बुकिंग खुल्ला गरिसकिएको छ । प्रतिदिन ५० mbps स्पिडको ईन्टरनेट दैनिक १६.४३ पैसाको हिसाव गर्दा बार्षिक ६००० रुपैया ग्राहकले तिर्नु पर्ने हुन्छ । ग्राहकले तिरेको ६००० रुपैयामा पनी ५०० रुपैया उहाँहरुकै धरौटीका रुपमा जम्मा हुने छ र त्यो पैसा ग्राहकले अवधी सकिएका बेला फिर्ता लिन सक्ने छन ।

‘अग्रिम बुकिङ्ग खुल्ला गरिसकेका छौ’ भायानेट धनगढीका प्रमुख बोहराले भने–‘यो अफर लिन चाहने ग्राहकहरुसंग सम्झौता पनी सुरु गरिसकेका छौ ।’ हामी तत्काल यो सेवा उहाँहरुलाई दिने तयारीमा छौ । भायानेट धनगढी शाखाले बुकिङ्ग र सेवा दिनका लागि निम्न सम्पर्क नम्बरहरु सार्वजनिक पनी गरेको छ । थप जानकारी का लागि भायानेट कम्युनिकेसन लिमिटेड धनगढी अफिस तथा निम्न नम्बरमा सम्पर्क गर्न सकिने छ । 9801903806/ 9801904010/ 980-1904012/ 9801911108/ 980-1902019

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.