गोदावरी जंगलबाट कार लुट्ने भारतको हरियाणाका तिन प्रहरी नियन्त्रणमा

धनगढी, १३ असार: कैलालीको गोदाबरी जंगलमा चालकलाई बधेर लुटपाट गरी फरार भएका तिन भारतियलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई कैलालीको गोदावरी– १ स्थित जंगलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
भारतको हरियाण प्रदेश सोनीपथ बस्ने बर्ष २१का भगत सिह, बर्ष १८का साहिल बिादलिसे र बर्ष २०का सन्नी जौटलाई पक्राउ गरी जिल्ला ल्याउन लागेको कैलाली प्रहरी नायव उपरीक्षक वेदप्रकश जोशीले जानकारी दिए ।

उनीहरुले लुटी लगेको कार प्रहरीको अनुसन्धान टोलीले गोदावरी– १ स्थित पाठक आयल स्टोर देखि शान्तिनगर जाने भित्रि सडक खण्डमा बेवारिसे अवस्थामा फेला परेको थियो ।

लिफ्ट दिएर सँगै ल्याएका भारतीय एक नचिनेको समूहले कैलालीको गोदाबरीको जंगलबार डडेल्धुराका अतिताल गाँउपालिकाका कर्मचारी कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीका लुटेका थिए ।

लुटेराले भण्डारीलाई चक्कु प्रहार गरी टाउकोमा ढुङ्गाले कुटपिटसमेत गरेका छन् । उनलाई लुटेराले बाँधेर फरार भएका थिए । लुटेराले भण्डारीकोे प्रदेश ०१–२३–च ८७२१ नम्बरको कारसमेत लुटेर लगेका थिए ।

भण्डारी कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी आइतबार महेन्द्रनगरबाट डडेल्धुरा जान हिँडेका थिए । तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको थियो । घाइते भण्डारीको अहिले अत्तरियाको पदमा अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.